| आइतवार, बैशाख १६, २०८१

भोलिदेखि भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन महोत्सव सुरु हुँदै

भक्तपुर । भोलि बिहीबारदेखि आठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुने भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सञ्चालन हुनेछ ।

नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभएको छ ।

वैशाख २ गतेसम्म महोत्सव आयोजना हुने र ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष साङ्गीतिक कार्यक्रम हुने महतले बताए । “कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिब २ सय स्टल रहनेछ,” मेला आयोजक समितिका संयोजक दीपक थापाले बताउनुभयो । संयोजक थापाले ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई रु ५० र सर्वसाधारणलाई भने रु.७० को टिकट लाग्ने  बताउनुभयो ।

कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहनेछ । महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि रोटे पिङ, ब्रेक डान्स लगायत विभिन्न खेलहरू रहने छन् । त्यसै क्रममा दैनिक राष्ट्रिय स्तरका कलाकारको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जानकारी दिएको छ ।

महोत्सवको अवलोकन करिब ५ लाखले गर्ने आयोजकले अपेक्षा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्