| शनिबार, बैशाख २२, २०८१

आर्थिक सहयोग व्यवस्थापन गरेर भलिबल खेलाडीलाई बङलादेश पठाइयो

काठमाडौं । मित्रराष्ट्र बंगलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगीतामा सहभागी खेलाडी तथा प्रशिक्षक टोलीको बिदाई भएको छ ।

ढाकामा हुन गईरहेको आमन्त्रित अन्तराष्ट्रिय भलिबल यू–१९ प्रतियोगीतामा सहभागी हुने खेलाडी तथा अफिसरको एक कार्यक्रमकाबीच मंगलबार भक्तपुरमा बिदाई गरिएको हो ।

उक्त समुहमा खेलाडी तर्फ सुरेश मल्ल, यज्ञराज जोशी, अभिशेक थापा, पुस्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शसि पुलामी मगर र भुवन तामाङ रहेका छन् ।

त्यसैगरि टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका छन् ।

नेपालभरबाट छनोट भएका खेलाडीहरुलाई कुनैपनि सरकारी निकायको सहयोग विना आर्थिक व्यवस्थापन गरेर पठाईएको जिल्ला खेलकुद विकास समिति भक्तपुरका निर्वतमान अध्यक्ष दिपक थापाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्