मोदी तेस्रो पटक प्रधानमन्त्री बन्न सक्ने सम्भावना उच्च

काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मूको समक्ष  बुझाएका राजीनामा स्वीकृत भएको छ।

बुधबार लोकसभा चुनावको नतिजापछि प्रधानमन्त्री मोदीले बुझाएका राजीनामा राष्ट्रपति मुर्मूले स्वीकृत गरेका हुन् ।

नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्न राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई समेत आग्रह गरेका छन् । भारतको वर्तमान १७ औँ लोकसभाको कार्यकाल जुन १६ तारिखमा सकिँदैछ ।

लोकसभा चुनावको मतगणनामा भाजपाले दुई सय ४० सिट जितेको छ । भाजपा नेतृत्वको गठबन्धन एनडीएको दुई सय ९२ सिट भएको छ । कांग्रेसले ९९ सिट जितेको छ । कांग्रेस नेतृत्वको गठबन्धन इन्डियाको दुई सय ३४ सिट भएको छ ।

भारतमा सरकार बनाउन दुई सय ७२ सीट चाहिन्छ । भाजपा नेतृत्वको गठबन्धन एनडीएले दुई सय ९२ सिट जितेसँगै मोदी तेस्रो पटक प्रधानमन्त्री बन्न सक्ने सम्भावना उच्च रहेको हो ।

प्रतिक्रिया दिनुहोस्