| सोमवार, साउन १८, २०७८

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध ट्वीट गर्दा जागिर चैट

काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध ट्वीट गर्दा एक भारतका एक पत्रकारको जागिर चैट भएको छ ।

आजतक टेलिभिजनमा कार्यरत पत्रकार श्याम मिरा सिंहलाई ‘सोसल मिडिया नीति’ उल्लंघन गरेको भन्दै कम्‍पनीले निकालेको हो।

पत्रकार सिंहले आफूलाई कम्‍पनीको मानव संशाधन विभागको इमेल मार्फत ट्वीटको ‘रिफ्रेन्स’ दिँदै जागिरबाट निकालिएको पत्र पठाएको बताएकी छिन्।

कम्पनीले आफ्ना कर्मचारीहरुलाई कसैको विरोधमा नलेख्न भनि सर्कुलर जारि गरेको थियो र यसको विरोध पत्रकारहरुले गर्दै आएका छन् ।

पत्रकार सिंहलाई जागिरबाट निकालिए पछि उक्त खबरले जनतामाझ आजतकको छबि बिग्रिएको छ ।

‘प्रधानमन्त्री मोदीको पक्षमा ट्वीट गरेको भए आजतकले जागिरबाट निकालदैन थियो’ भन्दै थुप्रै आम मानिसहरुले पत्रकार सिंह प्रति समर्थन जनाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्