| मङ्लबार, जेष्ठ ४, २०७८

अर्बपति बिल गेट्स र मेलिन्डाले गरे डिभोर्स

काठमाडौँ, २१ वैशाख – माइक्रोसफ्टका संस्थापक तथा अर्बपति बिल गेट्सले आफ्नो पत्नी मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटर मार्फत बिल र मेलिन्डाले वैवाहिक सम्बन्धलाई थप निरन्तरता दिन नसक्ने निर्णयमा पुगेको जानकारी दिएका छन् ।

६५ वर्षीय बिल र ५७ वर्षीया मेलिन्डाले २७ वर्ष अघि अर्थात सन् १९९४ विवाह गरेका थिए र उनीहरुको तीन सन्तान छन् । बिलले सन् १९७० को दशकमा माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए र मेलिन्डा पनि उक्त कम्पनीमा प्रोडक्ट म्यानेजरको रुपमा कार्यरत थिइन् । यो जोडीले सामाजिक कार्य गर्नका लागि गेट्स एण्ड मेलिन्डा फाउण्डेशनको समेत स्थापना गरेका थिए ।

संसारकै सबै भन्दा धनी व्यक्तिको रुपमा रहेका बिल गेट्स अहिले चौध स्थानमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्