| शनिबार, बैशाख ८, २०८१

भारतले प्याज निर्यातमा लगायो रोक

काठमाडौँ, ३० भाद्र – भारतको केन्द्रीय सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

अस्वाभाविक मूल्य वृद्धि भएपछि प्याज निर्यातमा भारतीय सरकारले रोक लगाएको बताइएको छ ।भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याज निर्यात रोकेको जानकारी दिए ।

भारी वर्षात् तथा वर्षातका कारण घरेलु बजारमा प्याजको आपूर्ति पर्याप्त हुन नपाएपछि पाउडर बनाइएको तथा काटिएका केही आइटम बाहेकको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

‘सबै प्रकारका प्याजको निर्यातमा रोक लगाइएको छ। यो निर्णय तत्काल लागू हुने छ,’ भारतीय विदेश व्यापार निर्देशनालयलाई उद्धृत गर्दै लाइभ मिन्टले अनलाइन संस्करणमा लेखेको छ ।

यसअघि गएको वर्ष पनि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । नयाँ दिल्लीमा प्याज किलोको ८० भारु पुगेको छ। नेपालमा व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको उपभोक्ताहरु बताउँछन् । जबकी अघिल्लो दिनसम्म प्याज ६६ रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्