संयुक्त राज्य अमेरिकामा ४९ लाख १८ हजार ४२० जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने १ लाख ६० हजार २९० भन्दा धेरैको ज्यान गएको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या २८ लाख ८ हजार ७६ पुगेको छ भने ९६ हजार ९६ भन्दा बढिको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुक भारतमा १९ लाख ६ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेहरुको संख्या ३९ हजार ८२० पुगेको छ ।

रसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख ६१ हजार ४२३ पुगेको छ भने मृत्यु हुनेको संख्या १४ हजार ३५१ पुगेको छ ।

साउथ अफ्रीकामा ५ लाख २१ हजार ३१८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ८ हजार ८८४ जनाको मृत्यु भइसकेको छ ।

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ४ लाख ४९ हजार ९६१ पुगेको छ । त्यहाँ ४८ हजार ८६९ भन्दा बढिको मृत्यु भएको जनाएको छ ।

पेरुमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३९ हजार ८९० जना पुगेको छ । त्यहाँ २० हजार ७ भन्दा बढिको मृत्यु भइसकेको छ ।

त्यस्तै चिलीमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ६२ हजार ९६२ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या ९ हजार ७४५  पुगेको छ ।