| आइतवार, अशोज १६, २०७९

भक्तपुरबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ

भक्तपुर – प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

चाँगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरी बस्ने २४ वर्षीय सबिन जंग ढुंगाना लगायत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त जगातीबाट खटिएका प्रहरीले बा.७७ प ३९७६ नम्बरको स्कुटरलाई चेक जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा लुकाई ल्याएको करिब ३ सय ग्राम गाँजा सहित स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको छ ।

प्रहरीले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्