| बुधबार, बैशाख ५, २०८१

सर्वसाधारणले निषेधाज्ञा उल्लङ्घन गरेपछि सिल गर्ने तयारी

काठमाडौं, १ जेष्ठ – प्रशासनले लगाएको निषेधाज्ञालाई सर्वसाधारणले उल्लङ्घन गर्न थालेपछि काठमाडौंको चन्द्रागिरी नगरपालिका सिल गर्ने भएको छ ।

नगरपालिकाले हिजो एक जरुरी सूचना जारी गर्दै आजबाट सबै सरकारी तथा निजी कार्यालय, बैंक तथा वित्तीय संस्थाको सेवासमेत पूर्ण रुपमा बन्द गरि नगर क्षेत्रलाई सिल गर्ने जनाएको छ । चन्द्रागिरि नगर क्षेत्रमा आज देखी जेठ ७ गते विहान ५ बजेसम्म हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाएको छ । उक्त अवधिमा औषधि पसल र स्वास्थ्य संस्थाका सेवा बाहके अन्य सबै सेवा बन्द गरिएको छ ।

निषेधाज्ञामा बैंक तथा सरकारी कार्यालयहरू खुल्ने र सर्वसाधारणको आवतजावत समेत नरोकिए पछि नगर क्षेत्रलाई सिल गर्ने निर्णय गरेको नगरपालिकाका मेयर घनश्याम गिरीले बताउनु भयो।

नगर क्षेत्रका अधिकांश व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्