महेश बस्नेतलाई यसरी चिनौँ…

गरिब र पिछडिएका वर्गको आवाज हो महेश बस्नेत ।

देश त्यतिकै बन्दैन देश बन्न पहिला GDP बढ्नु पर्‍यो । GDP बढ्न सबै आम नेपाली नागरिकको PER CAPITA INCOME बढ्नु आवश्यक छ । बालेनले भौतिक संरचनामा डोजर लगाएको होइन समग्र देश को मुटु राजधानीको PER CAPITA INCOME माथि डोजर चलाएको हो।

राज्य भनेको सबै साझा नेपालीको अभिभावक हो । यो देशमा केही गरेर खान्छु स्वरोजगार बन्छु भन्ने मानिसहरू अब विदेश पलायन हुन बाध्य हुने छन् । उसै त भए भरका सबै नेपाली बिदेसिए । नेपाल सरकारको दायित्व होइन आफ्नो नागरिकलाई स्वरोजगार बनाउने? नेपालमै रोजगार बढाउनु पर्छ उत्पादन बढाउन युवाहरू विदेश पलायन हुन बाट रोक्नु पर्छ भन्ने आवाज हो महेश बस्नेत ।

बाइक पार्किङ, गाडी पार्किङ हुने खानेलाई हो । हुँदा खाने वर्ग चाहिँ मान्छे होइन ? यो कस्तो भेदभाव हो? ठुलालाई चैन सानालाई ऐन ! मानौं बाइक, गाडीले एक छिन पार्क गर्न पाएन के हुन्छ त ? आकाश नै त खस्दैन नि तर ५० परिवार भोकै सुत्नु पर्‍यो भने के हुन्छ त ? मानवता छ कि मरी सक्यो यो समाजमा ।

देशका विभिन्न भूभागबाट काठमाडौ आएर रगत पसीना बगाउँदै जीवन भर को कमाई खर्च गरेर, बैङ्कबाट कर्जा लिएर , साहुलाई भाडा , राज्यलाई कर तिरेर सुरु गरेको सानो व्यवसाय दसैँ , तिहार र छठको बेलामा केही बढी व्यापार गरेर ऋण घटाउला , परिवारमा खुसी बाड़ने भनेर सोची रहेको बेलामा एकाएक पसल माथि डोजर चल्छ हो उनीहरू को समर्थनमा हो महेश बस्नेत ।

लाखौँको सम्पत्ति तुरुन्तै नष्ट हुन्छ , घर परिवारको बिचली हुन्छ। विभिन्न भौतिक संरचना बनेका छन् भत्काउने भन्दा व्यवस्थापन तिर लागेर सहुलियत पूर्ण गराएर जनतालाई दुख नदिनको निम्ति समर्थनमा हो महेश बस्नेत ।

के न्याय , कानुन , के व्यवस्था र मानवता मरेको देश हो ? मेरो सम्पत्ति माथि मेरो अधिकार छैन ? के भत्काउनु अगाडी क्षतिपूर्ति त परै जाओस् जानकारी पनि पाउँदैन ? जानकारी घरबेटीलाई होला तर व्यापारी व्यवसायीलाई मारी दिने ? हो यसको समर्थनमा हो महेश बस्नेत ।

यो काठमाडौंको एक लाख साना तथा मझौला व्यवसायीहरू गरिब र पिछडिएका वर्गको आवाज हो महेश बस्नेत ।

प्रतिक्रिया दिनुहोस्