देशका हरेक युवा अब ‘साइबर सेना’
-सन्दिप खनाल
साइबर सेनाको औचित्यता वर्तमान सरकार बनेदेखी नै स्वाभिमानी राष्ट्रभक्त र राष्ट्रको स्वार्थलाइ मात्र सर्वोपरि ठान्ने हो । विदेशीको स्वार्थमा होइन आफ्नो राष्ट्रको स्वार्थ अनुकुल नीति निर्माण गर्दै अघि बढ्ने सेना साइबर सेना हो ।
देशलाइ समृद्धिको उचाइमा पुर्याउदै ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाइ मुर्तरुप दिन ठोस गति र निकास सहित अन्तराष्ट्रिय जगतमा नेपालले गुमाएको आफ्नो प्राचीनतम पहिचानलाइ पुनः जागृत गर्दै स्वाभिमानी नेपालको परिचय बनाउनुमा यसको भूमिका रहने छ । केही नेता सत्ता र पदको लोलुप्ताको कारण प्रधानमन्त्री केपि शर्मा ओलीको बढ्दो लोकप्रियताबाट त्रसित भएका छन् । सरकारले गरेको हरेक कामले एकपछि अर्को सफलता हासिल गर्दै अघि बढेपछि अराजकतावादी वैदेशिक शक्तिबाट परिचालित केहि झुण्डहरु अत्तालिनु स्वाभाविक थियो।आफु छायाँमा पर्ने र वर्तमान प्रधानमन्त्रीको सबै तिर हाईहाई हुँदा नेकपाका शिर्ष नेताहरु गुटमा विभाजित हुन पुगे । संसद विघटन र ताजा जनमतमा जाने सरकारले गरेको निर्णय सँगै तरङ्गित भएको नेपालको राजनितिमा अब हरेक युवाहरुले आफुलाई सक्रिय पार्दै साइबर सेना तथा नेकपाका कर्मठ र इमान्दार कार्यकर्ता बनेर भुमिका खेल्नुपर्ने आबस्यकता आएको छ ।
यस सेनाको परिकल्पनाकार पुर्व उधोगमन्त्री, युवा संघका इन्चार्ज तथा निवर्तमान सांसद महेश बस्नेत हुनुहुन्छ । देशका ठुला मिडिया र संचार माध्यमका कारण नेपाली समाजमा गलत र भ्रामक समाचारको बिगबिगी रहेको अवस्था छ . गलत र भ्रामक समाचारको सत्य तथ्य उजागर गर्न साइबर सेनाको आवश्यकता देखिएको हो ।
सरकारले गरेको विभिन्न कार्यहरु जनतामाझ पुर्याउन, बिरोधिहरुको हरेक चलखेललाई निस्तेज पार्न र राष्ट्रलाइ असफल बनाउने देशद्रोहीहरुको प्रयास र षडयन्त्रलाइ चिर्न देशका कुनाकाप्चामा रहेका समस्या उजागर गर्न र त्यसको समाधानको लागि पहलकदमी लिन साइबर सेना मुलुको आवश्यता भइसकेको छ । भ्रष्ट, तस्कर, सामन्त र गुन्डाहरुको हुर्मत सन्जालबाट नै लिने तथा कानुनी कारबाही गराउने उदेश्यका साथ यसको परिकल्पना गरिएको हो ।
प्रत्येक चोक चोकमा टोलटोलमा युवाहरुलाइ गोलबन्द गर्दै आफ्नो भाषा, धर्म, संस्कृति, परम्पराप्रती सचेत गराउदै आफ्नो मौलिकताको संरक्षण साइबर सेनाले गर्ने छ । राष्ट्रघातीहरुले यो देश र जनतालाई गरेको विश्वासघात जनतामाझ प्रष्ट पार्न राष्ट्रवादको मुकुन्डो ओडेकाहरुको मुकुण्डो उतार्ने उदेश्य यस सेनाको रहेको छ । विदेशिका गुलाम भएका देशका दलाल नेताहरुको मुकुण्डो खोलेर उनिहरुको अनुहार जनतामाझ परिचित गराउन साइबर सेना लागिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएका हरेक सकारात्मक कार्यहरुको प्रचारप्रसार गरि जनतालाइ बुझाउने, सचेत बनाउने र सरकार प्रति लक्षित गरि बनाइएका भ्रामक समाचार चिर्नु हो । प्रधानमन्त्री ओलीले नेतृत्व गर्नु भएको यस सरकारले तीन बर्षमा गरेको आर्थिक वृद्धिदर, सामाजिक सुरक्षा, रास्ट्रवादि कदम अन्तर्गत गुमेका नेपाली भुमिहरुको नक्सा सहित स्पष्ट नेपालको अबधारणा, सगरमाथाको उचाइ मापन, जनताको प्रत्येक्ष जनजिविकाको सवालहरुलाइ बैज्ञानिक हिसाबले गरिएको सम्बोधन लगायतका विषयहरु प्रति आम जनता अनभिज्ञ छन् ।
हाम्रो पुस्ता तथा हामी पछाडिको लामो पुस्ताको समेत प्रेरणाको स्रोत हुनुभएका प्रधानमन्त्री ओलीलाई समर्थन गर्न एक घर एक साइबर सेना निर्माण गर्नु जरुरी छ । उल्लेखित बिषय प्रचारप्रसार तथा सम्माननिय प्रधानमन्त्री ज्यु तथा उहाँका योद्धाहरुमाथी नियोजित रुपमा हुँदै आएको बिरोधि र निर्लज्ज प्रहारलाइ निस्तेज तुल्याउन पनि देशब्यापी साइबर सेना निर्माण र विस्तार गर्न वर्तमान अवस्थामा जरुरी रहेको छ ।