| सोमवार, असार ७, २०७८

एक कर्मठ सिपाही हुन् ‘महेश बस्नेत’

-सन्दिप खनाल           

राष्ट्रघातिहरुलाई जनतामाझ चिनाउदै राष्ट्रवादी प्रधानमन्त्री केपि शर्मा ओलीले नेतृत्व गरिरहनु भएको  सरकारका उपलब्धिहरुको बारेमा जनतालाइ बुझाउँदै र जागरुक गराउदै हिडेका सिपाहीहरु मध्य एक कर्मठ सिपाही हुन नेता महेश बस्नेत ।

नेपाल र नेपाली जनताका वास्तविक शत्रु को रहेछन यिनिहरुले आफ्नै मातृभुमीप्रती कसरी बिष बमन गर्दा रहेछन, जनताको आशामाथी कसरी तुषारापात हुने रहेछ र यहि ओकलिएको बिषलाइ महादेवले सृष्टि बचाउन कालकुट बिष आफैले सेवन गरि बचाए जस्तै आम युवाका ढुकढुकी राष्ट्रका आशातित र भरोसा योग्य नेता हुन् महेश बस्नेत । दानबहरुले फालेको बिष आफै पचाउँदै जनताको घरदैलोमा परिवर्तित राजनितिक अवस्थामा हरदम हरपल साथ छन । जनताको मन मस्तिष्कमा मृत सपनाहरुलाइ जागृत गराउदै अगाडि बढेको सरकारका कामकारबाहीमा आएको बाधा ब्यवधानहरुलाइ जनतासामु गएर प्रष्ट पार्दै ताजा जनमतमा जाने सरकारको निर्णयलाइ मुर्तरुप दिन मर्न लागेका नेपालीको आशामा दियो बाल्न अहिले हरदम हरपल घरदैलोमा पुग्दै जनताको आकन्क्षा र बिपक्षी राष्ट्रघातिहरुले छरेका भ्रमहरुलाइ धेरै हदसम्म चिर्न चिराउन सफल हुनुभएको कुरा जगजाहेर नै छ।

हरपल भक्तपुरका जनताहरुको विकासको चाहनालाइ मुर्तरुप दिन जिम्मेवार ढंगले आफ्नो जिम्मेवारी निभाउदै भक्तपुरका निर्बिकल्प नेताको रुपमा उभ्याइसक्नु भएका महेस बस्नेत अहिले परिवर्तित राजनीतिक अवस्था बदलिएको भुमिकासगै फेरिएको दैनिकि ब्यक्तिगत जिवनयापन सगै बढेको राजनितिक ब्यस्तता तर आफ्नो स्वास्थको भन्दा रास्ट्र स्वस्थ रहनुपर्छ भन्ने मुल मान्यतामा अडिग एक महान स्वप्नद्रस्टा नेताको रुपमा देख्न पाउँदा हामि आम भक्तपुरबासी हर्षले गौरबान्बित छौ ।

भक्तपुर आफैमा राजनितिक चेतनाले जागृत ठाउँ हो । यस्तो जागरण आएको ठाँउमा सधै कुशल नेताको अभाब खट्किरहेको नै हो तर त्यही अभाव अहिले पूरा भएको छ। आम भक्तपुरबासीको लागि त – ‘नेता नै महेश बस्नेत; महेश बस्नेत नै नेता’ भन्ने अमिट छाप समेत पार्न सफल हुनुभएको छ।

बदलिएको परिवेस बदलिएको अबस्था जनताको चाहनालाइ मध्यनजर गर्ने हो भने हामिले भन्दै आएको अहिलेको केही पद्धति माथी बर्तमान सरकारले निर्मम ढंगले सुधार गर्नुपर्ने देखिन्छ । प्रदेश संरचनाको खारेजी धर्म निरपेक्षता र शासकिय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीलाई स्विकार गरि जनमतसङ्ग्रह वा जनमतमा जाने हो भने वर्तमान सरकारको अहिलेको विकासको दृस्टिकोण, जोश, रापताप तथा जनलहर सगै राष्ट्रघातिहरुको पत्तासाफ हुने कुरालाइ कसैले लल्कार्न सक्दैन । जुझारु युवा नेताले जनचाहनालाई बुझेर केही बुँदाहरु उल्लेख गरेर जनताको न्यानो माया बढाउदै जान सफल हुनु भएको छ । अझ आम जनताको सवाललाई उचित ढंगले सम्बोधन गर्दैजाने हो भने अब सामान्य बहुमतको सरकारमात्र होइन दुई तिहाइको सरकार बन्न र बनाउन संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन । कर्मठ सिपाहिको ड्युटी निरन्तर छ ।

जनकपुरबाट सुरु भएको अबिरल यात्रा झन्डै एकमहिनापछी सर्लाहिसम्म आइपुग्दा पनि जारी छ । पूर्व मेची देखी पश्चिम् महाकालीसम्मको यात्राको दौरानमा विभिन्न ठाउँठाउमा जनताले दिएको अपार माया र साथ हेर्दा लाग्छ नेकपाको दोश्रो पुस्ताको प्रथम नेता महेस बस्नेत नै हुन  । प्रधानमन्त्रीको ‘सुखी नेपाली समृद्ध नेपाल’ रुपि रथको सारथी बनेर रथ हाकिरहनु भएको छ । समयक्रम सँगै उहाँ रास्ट्र निर्माणको एक कुशल योद्धा बनेर नेपाली जनताको विकासप्रतिको चाहना र नेपाली आकासमा बिरोधिले मडारिदिन सक्ने बादललाई हरतरहले पन्छाउदै जनताको पक्षमा गर्नुपर्ने हरेक युद्व जित्न आफू सफल भएको प्रमाण पनि व्यवहारबाट बारम्बार पुष्टि गर्नुले पनि उहाँलाई भक्तपुरको एक मतदाताको तर्फबाट हार्दिक बधाइ तथा शुभकामना समेत दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्