| शुक्रबार, बैशाख ७, २०८१

तथ्य र प्रमाण नभएपछि आक्रोस पोख्दै भारतीय मिडिया

काठमाडौं, ८ जेठ – नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाहरु नेपालबिरुद्ध नियोजित आक्रमणमा उत्रेका छन् । भारत सरकारले नेपालको नयाँ नक्सा आफूलाई मान्य नरहेको धारणा सार्वजनिक गर्दै वार्ताको वातावरण बनाउन नेपाल सरकारसँग आग्रह गरेको छ । भारतीय संचारमाध्यमले भने नेपालको नयाँ नक्सा र अतिक्रमित भूभागफिर्ता ल्याउने अभियानलाई चीनद्वारा संचालित भन्दै अतिरञ्जित र तथ्यहिनप्रचार गरिरहरेको छ ।

भारतका गलत बुझाई र प्रचारलाई तथ्यगत रुपमा हेरौं..

पहिलो, नेपालले आफ्नो अद्यावधिक नक्साजारी गर्यो । यो नक्सामा भारतले अतिक्रमित गर्दै आएको लिपुलेक, कालपानी र लिम्पियाधुरा समेटिएको छ । यी भूभाग नेपालका हुन् भन्ने ऐतिहासिक प्रमाण नेपालसँग छन् । त्यहीभएर फिर्ता ल्याउन लागिएको हो । नेपाल र भारतबीचको सीमा समस्या समाधानका लागि नेपालले आफ्नो आधिकारिक अडान र नक्सा सार्वजनिक गरेको हो । यसमा भारतलाई आपत्ती छ भने भारतले पनि प्रमाणका आधारमा तीभूभाग आफ्नो भएको दावीगर्दा हुन्छ ।

दोश्रो, भारतीय सरकारको भनाई छ–नेपालको नक्सा एकतर्फी छ । छ महिनाअघि भारतले आफ्नो नयाँ राजनीतिक नक्साजारी गरेको थियो । त्यसमा लिपुलेक, कालापानी र लिम्पियाधुुरा भारतको भूगोलभित्र राखिएको छ । के भारतले उक्तनक्सा सार्वजनिकगर्दा नेपाललाई सोधेको थियो ? के त्यो नक्सा नेपालसँगको सहमतिमा जारी गरिएको थियो ? भारतले आफ्नो नक्साजारी गर्दा नेपाललाई सोध्नु नपर्ने तर नेपालले जारी गर्दा भारतलाई सोध्नुपर्ने हो र ? त्यसैले यस्तो तर्कको अर्थ छैन ।

तेश्रो, अचानक कसरी नेपालले यो नक्सा जारी गर्यो ? भारतीय मिडियाको प्रचारयुद्ध छ । यो नक्सा अचानकजारी गरिएको होइन । यो योजनावद्ध हो । कहिले नेपालको भूमिभएर भारत र चीनले व्यापार विस्तारको सहमति गर्ने, कहिले नेपालको भूभाग भएर भारतले सडक बनाउने । कहिले नेपालको भूभाग समेटेर भारतले नक्सा बनाउने । नेपालले वारम्वार वार्तामा बस्न आग्रहगर्दा नमान्ने । के नेपाल यो सबै मुकदर्शक भएर हेर्न सक्छ ? सक्दैन । त्यसमा पनि राष्ट्रियता र राष्ट्रि स्वार्थको नेतृत्वगर्नुभएका प्रधानमन्त्री यो सबै टुलुटुलु हेरर बस्न सक्नुहुन्थ्यो, सक्नुहुन्छ ? सक्नुहुन्न । त्यहीभएर सरकारले योजना अनुसारनै यो अद्यावधिक नयाँ नक्साको तयारी गरेको हो र सार्वजनिक गरेको हो ।

चौथो, चीनको उक्साहटमा नेपालमा भारतविरोधी अभियान चलाइयो भन्ने भारतीय मिडियाको आरोप । भारतीय सामरिक विश्लेषक र संचारकर्मीहरुमा चीनलाई लिएर लघुताभाष छ । उनीहरु चीनबाट त्रसित छन् । त्यही त्रासदी अहिले चर्को रुपमा व्यक्तभएको छ । र नेपाललाई जर्वजस्ती चीनसँग जोडिएको छ । नेपाललाई आफ्नो जमिनको सुरक्षागर्न र अतिक्रमित जमिनफिर्ता लिन कसैले उक्साउनु पर्दैन । गोर्खालीको वीरताको इतिहास भारतीयहरुलाई थाहाहुनुपर्छ । नेपालले पुर्खाहरुले खुकुरीकै भरमा नेपालको संरक्षण गरेकाहुन् । पर्यो भने आफ्नो शक्ति सामथ्र्यसहित लड्न पछि पर्दैनन् । चीनले नेपाल सरकारलाई उकास्नु पर्ने कारण छैन । फेरी चीनले उकास्दैमा नेपाल भारतबिरुद्ध लाग्नेपनि होइन । आजको समस्यमा यस्तो सस्तो प्रचारवाजीन गर्दा हुने हो किनकी यो कसैले पत्याउँदैन । नेपाल आफ्नो भूगोलको रक्षागर्न सक्षम छ भन्ने भारतले बुझ्दा राम्रो र चीनले बुझ्दा उचित नै हुन्छ ।

पाँचौं, आन्तरिक द्धन्द्धबाट सृजित नक्सा । यो सबैभन्दा कमजोर बुझाई हो भारतीय बिश्लेषक र मिडियाको । केपीशर्मा ओलीले सत्तारुढ नेकपाका अध्यक्ष हुनुहुन्छ । उहाँलाई नेकपाका कुनै नेताले अहिले प्रधानमन्त्रीबाट प्रतिस्थापनगर्न सक्नुहुन्न । त्यो प्रयास फाटफुट्ट भएपनि जनमतले त्यो अनुमति नदिएपछि यो अवमुद्दा नै होइन । जसरी मुद्दा उठाउन खोजियो, त्यसरी नै शीर्ष नेताबीचको सहमतिमा यो समााधनपनि भयो । ओलीलाई सत्ता टिकाउन वा निरन्तरता दिन नयाँ नक्साजारी गर्नुपर्दैन । यो कुनै आवेग र परिस्थितिको परिणाम होइन, यो त सुझबुझपूर्ण राष्ट्रिय अभियान हो । इतिहासमा सबै शासकले भारतको त्रासमा यो ऐतिहासिक निर्णय लिन सकेनन्, ओलीले लिनुभयो । फरक यति मात्र हो ।

यर्थाथ के हो ?
यर्थाथ के हो भने नेपालले नयाँ नक्साजारी गरेपछि भारत प्रतिरक्षात्मक भएको छ । भारत प्रतिरक्षात्मक भएका प्रमाण भारतीय संचारमाध्यम र रणनीतिक बिश्लेषकका सतही टिप्पणीहुन् । भारतीय सबै संचारमाध्यममाजति रिर्पोट आएकाछन् र जति सामरिक भनिएका बिश्लेषकले बोलेकाछन्, तीनमा नेपालको नक्सा गलत भन्न सक्ने तर्कसमेत छैन, प्रमाण त परको कुरा भयो । उनीहरुले के आधारमा लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको भूभाग भन्ने आधार कतै दिन सकेका छैनन् । स्न १८६० को सुगौली सन्धिसहित करिव दुई दर्जन सन्धी नेपालले प्रमाणका रुपमा राख्दा भारतका तर्फबाट तीनको खण्डन भएको छैन । एउटा पनि  ऐतिहासिक दस्तावेज र प्रमाण भारतले नेपालसँग प्रस्तुतगर्न सकेको छैन ।

भारतीय संचारमाध्यमले त्यस्ताप्रमाण भेटेको भए मच्चीमच्ची ती दस्तावेज देखाएर वहस गर्ने थिए तर छैन । खाली रोटीबेटीको सम्वन्ध, बिशिष्ट सम्वन्ध र दाजुभाईको सम्वन्ध भएको नेपाललाई चीनले भारतबिरुद्ध भड्कायो भन्ने खालका आधारहिन रिर्पोटबाहेक केही आएका छैनन् ।

जव आफूसँग प्रमाण हुँदैन, तथ्यहुँदैन, मान्छे डराउँछ, आक्रोसित हुन्छ र धम्कीदिन थाल्छ । अहिले भारतीय मिडिया र बिश्लेषकका प्रवृति त्यसैका उपज हुन । भोलि वार्ताको टेवलमा बस्दा नेपालले प्रमाण पेश गर्छ, त्यसको काउन्टर कसरी गर्ने भन्ने प्रमाण खोज्दापनि भारतीयले भेटेका छैनन । त्यसैले त्यही आक्रोसको चिड्चिडाहट भारतीय मिडियामा व्यक्त भएको हो ।

भारतीय मिडियाले आफूलाई बेलैमा सच्याउनुपर्छ । नेपालको हार्दिकता बुझुनुपर्छ । द्धन्द्धबढाउने तर्फ होइन, वार्तामार्फत समाधानगर्ने तर्फ ध्यानदिनुपर्छ । र, त्यस्ता वहस चलाउन्पर्छ । अव नेपाललाई नहेप्दा हुन्छ । यो चेतावनी नै हो ।

-चक्रपथडटकमबाट

प्रतिक्रिया दिनुहोस्