| मङ्लबार, जेष्ठ ४, २०७८

मोबाइल फोन : मानिसहरुका लागि एक खतरनाक वस्तु

काठमाडौँ, ४ चैत – मानिसको जीवनमा मोबाइल फोन अभिन्न अंग बनिसकेको छ । अहिले संसारभरका मानिसहरुको हातमा मोबाइल फोन पुगिसकेको छ ।

मानिसहरु आफ्नो जीवनको अमूल्य समय मोबाइलमै खेर फ्याल्नमा व्यस्त छन्। हरपल हाम्रै साथमा रहने मोबाइल फोन खतरनाक वस्तु हो भन्ने एक अनुसन्धानले देखाएको छ। मोबाइल फोनबाट निस्कने विभिन्न किरणहरुले मानिसको प्रजनन शक्ति देखि स्वास्थ्यमा समेत विभिन्न समस्याहरु उत्पन्न गराएको छ । एक अध्ययनका अनुसार माेबाइललाई राति आफु सँग लिएर सुत्न नहुने निष्कर्ष निकालेको छ।

चीनमा अवस्थित इन्स्टिच्युट अफ एनबीसी डिफेन्स एण्ड सिन्गुहा युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार स्मार्टफोनबाट दर्जनौं खतरनाक ग्याँसहरु समेत उत्पन्न हुने बताएका छन् . उनीहरुले कहिले पनि मोबाइल फोन सँगै लिएर नसुत्न चेतावनी समेत दिएका छन्। उक्त इन्स्टीच्युटका प्रोफेसर जी सनले भन्नु हुन्छ, ‘संसारभरीका मानिसहरु लिथियम आयन ब्याट्रिको प्रयोग गरिरहेका छन् तर यसको खतराको बारेमा जानकारी छैन ।’  प्राध्यापक सनका अनुसार पूर्ण रुपमा चार्ज भएको एउटा ब्याट्रीले करिब ५० प्रतिशत चार्ज भएको ब्याट्रीभन्दा धेरै विषालु ग्याँस निकाल्ने गर्दछ ।

अनुसन्धानकर्ताका अनुसार मोबाइलमा प्रयोग हुने लिथियम-आयन ब्याट्रीबाट कार्बोन मोनोअक्साइड लगायत सयवटाभन्दा बढी विषालु ग्याँस निस्कनेको पत्ता लगाएका छन् । मोबाइलबाट निस्कने ग्याँसले आँखा, छाला तथा नाकमा जलनको समस्या उत्पन्न गराउँछ ।

मानिसहरुले मोबाइल फोनको अत्याधिक प्रयोग गर्दा आवश्यकभन्दा बढी मोबाइल फोन  तातो हुने र चार्जरका कारण खतरा उत्पन्न हुने विषयमा मानिसहरु अन्जान रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्