| सोमवार, मंसिर १५, २०७७

एप्पलको आइफोन १२ र आइफोन १२ मिनी सार्वजनिक

काठमाडौं, २८ आश्विन – चर्चित कम्पनी एप्पलले आफ्नो आइफोन १२ सिरिज अन्तर्गतको आइफोन १२ र आइफोन १२ मिनी सार्वजनिक गरेको छ।

एप्पलले सार्वजनिक गरेको आइफोन १२ मा ६.१ इन्च स्किृन छ भने आइफोन १२ मिनीमा ५.४ इन्चको स्क्रिन रहेको छ।

आइफोनले १२  सिरिज अन्तर्गतको सबैभन्दा सस्तो फोनको रुपमा आइफोन १२ ल्याएको छ जसको मूल्य ६९९ डलरदेखि सुरू छ। यी फोन ६४, १२८ र २५६ जीबीको स्टोरेजमा  उपलब्ध छन्।

त्यस्तै आइफोन १२ मिनीमा ओलेड डिस्प्ले, ए १४ चिपसेट, फाइभजी कनेक्टिभिटी,सुपर एक्सडीआर रेटिना डिस्प्ले र डुअल क्यामेरा सेटअप लगायतका विशेषताहरु छन्।

यी दुवै फोन ब्लु, ग्रीन, ब्ल्याक, ह्वाइट र प्रडक्ट रेड गरी पाँच कलरमा उपलब्ध हुनेछ। यी फोन आइओएस फोर्टिनमा सञ्चालन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्