एशिया कप खेल्ने महिला क्रिकेट टिमको बिदाई

काठमाडौं। एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाई गरेको छ।

शनिबार महिला क्रिकेट खेलाडीहरुलाई क्यान, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले बिदाई गरेका हुन्।

जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एशिया कपमा प्रतियोगितामा नेपाल भारत, पाकिस्तान र युएईसहित समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन्।। एशिया कप अघि नेपाली महिला टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट टिमसँग अभ्यास खेल खेल्ने क्यानले जनाएको छ।

इन्दु बर्मा (कप्तान) को कप्तानीमा रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी गरी १५ खेलाडी छन्।

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन जुलाई १९ मा युएईविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस्