| बिहिबार, मंसिर १६, २०७८

सूर्यबिनायक नगरपालिकाद्वारा अन्तर वडा कप फुटवल प्रतियोगिताको आयोजना

काठमाडौँ – विजया दशमीको पावन अवसरमा सूर्यबिनायक नगरपालिकामा अन्तर वडा कप फुटवल प्रतियोगिताको आयोजना भइरहेको छ ।

सो नगरपालिकाको वडा–७ स्थित मन्थली युवा क्लवद्वारा आयोजना गरेको फुटवल प्रतियोगिताको दोस्रो दिन शुक्रवार आठवटा समुहबीच प्रतियोगिता भएको थियो ।

नगरपालिकाका दस वडाबाट एक÷एक र आयोजक टिमसहित गरी ११ वटा समुहबीच फुटवल प्रतियोगिता चलिरहेको छ । नगरपालिकाका प्रमुख बासुदेव थापाले घटस्थापनाको दिन फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

उहाँले खेलको माध्यमबाट खेलाडीले देशको नाम चिनाउन सफल हुन्छन् भन्नुहुदै यस नगरपालिकाभित्र फुटबल, बास्केटबललगायत अन्य खेलका लागि साथ सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

प्रतियोगिताको पहिलो दिन ६ खेल, दोस्रो दिन आठ खेल खेलिएको थियो ।

यस प्रतियोगिताको अन्तिम दिन सेमिफाइनल र फाइनल गरी ४ खेल खेलाइने आयोजक मन्थली क्लवका अध्यक्ष बबीराज कार्कीले बताउनुभयो ।

अन्तरवडा कप फुटवल खेलको उद्घाटन सत्रमा नगरपालिकाका उपप्रमुख जूना बस्नेत, वडा–७ का वडा अध्यक्ष रबिन्द्र सापकोटा , वडा–४का अध्यक्ष उत्तम थापा र वडा–७का सदस्य अर्जुन खतिवडालगायत स्थानिय बुद्धिजीवि, राजनीतिकर्मी, समाजसेवीलगायतले खेलको अवलोकन गरेर खेलाडीको हौसला बढाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्