| सोमवार, असार ७, २०७८

इराकसँग नेपाल ६–२ ले पराजित

काठमाडौं, १६ जेठ – शनिबार राति इराकको बसरामा भएको मैत्रिपूर्ण फुटबल खेलमा इराकसँग नेपाल ६–२ ले पराजित भएको छ ।

हिजो भएको मैत्रिपूर्ण खेलको छैटौं मिनेटमा इराकले पहिलो गोल गर्दै अग्रता लिएको थियो भने एक मिनेट पछी इराकी खेलाडी हमद इब्राहिम खलाफको आत्मघाती गोलले गर्दा पुनः बराबरी भएको थियो । नेपालका खेलाडी मनीष डाँगीले २८ औं मिनेटमा गोल गरेपछि नेपाल २–१ ले अग्रता लिएको थियो।

इराकले नेपाललाई दुई गोलमा सिमित राख्दै लगातार तीन गोल गरेको थियो । पहिलो हाफमा इराकले ४ गोल गरेको थियो भने नेपालको २ गोल थियो ।

नेपाली फुटबल टोलीले दोस्रो हाफमा कुनै गोल गर्न सकेन भने इराकले पुनः दुई गोल गरेर खेललाई ६–२ मा टुंग्याएको थियो ।

फिफाको पछिल्लो वरियतामा इराक ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्