| शनिबार, बैशाख ८, २०८१

सन्दीप लामिछानेलाई कोरोना पुष्टि

काठमाडौं, १३ मङ्सिर – नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक सन्जाल ट्वीटर मार्फत ट्वीट गर्दै क्रिकेट खेलाडी लामिछानेले आफूलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका हुन् । उनले लेखेका छन् ” तपाईहरुलाई भन्नु मेरो कर्तव्य हो,  जाँच गर्दा मलाई कोरोना पोजिटिभ देखिएको छ । मलाई बुधबारदेखि देखि जीउ दुख्ने भएको छ । मेरो स्वास्थमा केहि सुधार हुँदै छ । सबै ठिक भए म पुनः मैदानमा फर्किने छु । प्राथनामा राख्नु होला ।”

प्रतिक्रिया दिनुहोस्