| मङ्लबार, साउन २७, २०७७

सन्दीप लामिछाने १ करोड ७ लाख रुपैयाँमा सीपीएलसंग अनुबन्धित

काठमाडौँ, २३ असार – क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने पक्का भएको छ ।

जमैकाले ड्राफ्टको दोस्रो राउन्डमा सन्दीप लामिछानेलाई आफ्नो टिममा राखेका हो । तेस्रो संस्करणमा उनी ९० हजार अमेरिकी डलर (१ करोड ७ लाख रुपैयाँ बढी)मा अनुबन्ध भएका छन् । गत असार १० गते गरिएको ड्राफ्ट सोमबार साँझ सार्वजनिक गरिएको हो ।

सन्दीप आबद्ध टिममा आन्द्रे रसेल, कार्लोस बाथवेटलगायतका खेलाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्