| आइतवार, साउन २५, २०७७

आज लियोनेल मेस्सीको ३३ औँ जन्मदिन

काठमाडौं, १० असार – विश्वभर चर्चित फुटबलका खेलाडी  लियोनेल मेस्सीको आज ३३ औँ जन्मदिन हो । अर्जेन्टिना देशका मेस्सी बार्सिलोना र अर्जेन्टिनाको राष्ट्रिय टिमका फर्वड खेलाडी र कप्तान हुन् ।

अर्जेन्टिनामा जन्मेका मेस्सीले आफु १३ वर्षको उमेरमा बार्सिलोनामा जोडिन स्पेन पुगेका थिए र आफ्नो जीवनको पहिलो खेल उनले १७ वर्षको उमेरमा सन् २००४ अक्टोबर महिनामा खेलेका थिए । उनले प्रथम बेलोन डिअर उपाधी २२ वर्षको उमेरमा हात पार्न सफल भएका थिए । सन् २०११ र २०१२ मा उनी सर्वाधिक प्रभावशाली व्यक्तिको सूचिमा समेत परेका थिए । सन् २०२० मा उनलाई लौरियस वर्ल्ड स्र्पोटस् म्यान अफ द इयरले पनि सम्मानित गरिएको थियो ।

लियोनेल मेस्सी विश्वको सर्वश्रेष्ठ फुटबल खेलाडीका रुपमा चर्चित छन् । ६ वटा ब्यालोन डी ओआर पुरस्कार र ६ युरोपियन गोल्डन शूजको रेकर्ड उनको नाममा छ । उनले फुटबल क्लब बार्सिलोनाका साथमा अनुबन्धित रहेर ३४ वटा क्लब ट्रफी जितेका छन् । उनले देश र क्लबका लागि कुल ७०० गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्