| आइतवार, साउन २५, २०७७

कोरोनाको डरले विश्वभरीकै खेलकुद गतिविधी स्थगित

काठमाडौं, १७ चैत्र – विश्वभरी नै कोरवना भाइरसको त्रास बढीरहेका बेला सबै महत्वपूर्ण खेल प्रतियोगिताहरु स्थगित र पर सारिएको छ । तर यूरोपेली मुलुक बेलारुसमा भने लगातार दुई ओटा खेल प्रतियोगिता सञ्चालन गरिएको छ । त्यो पनि देशका राष्ट्रपति कै उपस्थितिमा ।

कोरोनाको महामारी फैलिइरहेको अहिलेको अवस्थामा बेलारुसले खेल प्रतियोगिता सञ्चालन गरेपछि सबै अचम्मित भएका छन् । कतिपयले यसलाई बेलारुसको बलमिच्याइ समेत भनेका छन् ।

यूरोप नै अहिले कोरोना सङ्क्रमणको केन्द्रविन्दू बनिरहेका बेला बेलारुसको यो कदम आत्मघाती भएको टिप्पणी गर्ने पनि धेरै छन् । तर त्यहाँका राष्ट्रपतिले भने आफूले भाइरस कहाँ छ भनेर नदेखेको र आफूहरु सुरक्षित रहेको प्रतिक्रिया दिनुभएको छ ।

हिजो मात्रै त्यहाँ ३ हजार बढी दर्शकहरुका बीचमा लिग फुटबल प्रतियोगिता खेलाइयो । केही दिनअघी पनि त्यहाँ आइस हक्की प्रतियोगिता खेलाइएको थियो ।

करिव ९५ लाख जनसंख्या रहेको बेलारुसमा एक सय जनामा सङ्क्रमण देखिएको भएपनि कसैको मृत्यु भने भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्