गुण्डुमा करिब २०० बिरुवाहरू एकै दिन रोपियो

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा बृहत बृक्षारोपण कार्यक्रम गरिएको छ ।
शुक्रवार किवाचोक युवा क्लबले आयोजना गरेको बृहत बृक्षारोपण कार्यक्रम नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको उपस्थितिमा गरिएको हो । वृक्षारोपण कार्यक्रम गुण्डुस्थित किवाचोकको भिम प्राथामिक विघालय देखी हात्ति गौडा चोक सम्म र भिमसेन थान देखि भिम प्राथामिक विद्यालयसम्म सडकको छेउमा बिभिन्न जातका बिरुवा रोपिएको थियो ।
संरक्षण प्रकृतिको सुरक्षा सन्न्ततीको भन्ने नाराका साथ आयोजना गरिएको उक्त बृहत बृक्षारोपण कार्यक्रममा करिब २०० बिरुवाहरु रोपेको थियो ।
किवाचोक युवा क्लबका अध्यक्ष दिनेश थापाले आगामी दिनमा समेत क्लबले टोल टोलका खाली क्षेत्र, सडक किनारा लगायतका सार्वजनिक क्षेत्रमा वृक्षारोपण गरि हरियाली प्रर्बद्धन गर्ने कार्यमा आफु र आफ्नो क्लब लागिरहने बताउनुभयो ।
विश्वले झेलिरहेको जलवायु परिवर्तनको समस्या न्युनिकरण तथा बातावरण प्रदुषणका कारण आम मानिस लगाएतले भोग्नु परेको समस्या केहि हदसम्म घटाउने उद्देश्यले बृक्षारोपण गरिएको अध्यक्ष थापाले बताउनु भयो ।
क्लबले ५ फिट भन्दा अग्लो बहुवर्षिय असारे फुल, कपुर, करविर, कल्कि फुल, गोल्डेन धुपी, चापँ, तेकोमा, मयुर धुपी, गुल्मोहर, शिरिस प्रजातिका बिरुवाहरु रोपिएको थियो ।
बृहत बृक्षारोपण कार्यक्रममा सूर्यबिनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा, वडा सदस्यहरु उमेश कार्की, गीता पण्डित बस्नेत, सन्तोषी परियार सहित स्थानियहरुको उपस्थिति रहेको थियो ।