| आइतवार, अशोज १६, २०७९

मेडिकल शिक्षामा मुस्लिम विद्यार्थीलाई आरक्षण दिनुपर्छ : अध्यक्ष अन्सारी

काठमाडौँ – मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले मेडिकल शिक्षामा मुस्लिम विद्यार्थीहरूलाई आरक्षण दिनुपर्ने माग गर्नुभएको छ।

आज काठमाडौँमा चिकित्सक शिक्षा आयोग, मुस्लिम आयोग, समावेशी, महिला, मधेसी, थारु, दलित जनजाति आयोगका पदाधिकारीहरु बीच भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष अन्सारीले उक्त माग राख्नुभएको हो ।

अन्तरक्रिया कार्यक्रममा अध्यक्ष अन्सारीले मेडिकल शिक्षामा मुस्लिम विद्यार्थीलाई आरक्षण, छात्रवृत्ति, शैक्षिक स्तरमा सुधारका विषयहरुलाई तत्काल सम्बोधन गर्नुपर्ने जोडदार माग गर्नुभएको छ ।

उहाँले मुस्लिम विद्यार्थीलाई पटक पटक आरक्षणबाट वञ्चित गरेकोले अब उपरान्त उनीहरूलाई आरक्षणको व्यवस्था मिलाउनुपर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्