| आइतवार, अशोज १६, २०७९

भक्तपुरमा एक महिला मृत अवस्थामा फेला

भक्तपुर – भक्तपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २, बालकोट धारापाटी बस्ने ६३ वर्षीया रत्न कुमारी राईलाई प्रहरीले मृत अवस्थामा भेटाएको हो ।

बिहीबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी राईको स्थायी ठेगाना खोटाङ केपिलास गढी नगरपालिका वडा नं ४ हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्