| सोमवार, असार ७, २०७८

थप ८ हजार २०३ जनामा कोरोनाको संक्रमण पुष्टि, १९६ जनाको मृत्यु

काठमाडौं, ४ जेष्ठ – आज देशभर थप  ८,२०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घन्टामा २० हजार ९७९ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा  ८,२०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । गत २४ घन्टामा ६,८९१  जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशमा  सक्रिय संक्रमितहरुको संख्या १ लाख १४ हजार पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप १९६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण हालसम्म ५,४११ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्