काठमाडौं, १९ वैशाख – पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज काठमाडौंमा २७ सय ४४ जना, ललितपुरका ५ सय ५० जना तथा भक्तपुरका ३ सय १ जना संक्रमित थपिएका छन् । अपरान्हसम्म नेपालमा कुल सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ ।

त्यस्तै आज थप २७ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगेको छ ।