| आइतवार, बैशाख ५, २०७८

नेपालीले भारतीय सुरक्षाकर्मीलाई घेराउ गरे

रुपन्देही, २० फागुन –  नेपाली महिलामाथि अभद्र व्यवहार गरेपछि बेलहिया नाकामा नेपालीहरुले भारतीय सुरक्षाकर्मीलाई घेराउ गरेका छन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चेकजाँचको नाममा बेलहियाकी ३९ वर्षीय महिलाको कपडा च्यातिदिएपछि बेलहिया नाकामा तनाव सिर्जना भएको हो  । भारतीय सुरक्षाकर्मीको ज्यादतीपछि ठूलो संख्यामा आएका नेपाली स्थानीयवासीहरुले नाका घेराउ गरेका थिए ।

तनाव सिर्जना भएपछि दुई देशका सुरक्षा प्रमुखको छलफल पश्चात आ-आफ्ना देशमा देखिएका असमझदारी हटाउने सहमति भएपछि नाका हाल संचालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्