| शुक्रबार, चैत्र १६, २०८०

अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानमा ठोस पुर्‍याउने शब्दको प्रयोग नगरौ

काठमाडौँ, १८ फागुन – नेपाली परिवेशमा प्रचलित कतिपय उखान-टुक्कामा अपाङ्गता भएका व्यक्तिको आत्मसम्मान ठोस पुर्‍याउने किसिमका थुप्रै शब्दहरु प्रयोग भएको सबैलाई जानकारी भएकै विषय हुन् ।

सोही उखान टुक्का प्रयोग गर्दा समाजका महत्वपूर्ण अङ्ग वा वर्गलाई पर्न जाने असर तथा विभेदको अन्त्यको लागि अपाङ्गतामैत्री सञ्चार निर्देशिका-२०७३ सार्वजनिक भएको पाँच वर्षपछि पनि अपाङ्गता भएका व्यक्तिलाई चोट पुग्ने शब्दहरु समाचार, लेख रचना तथा अभिव्यक्तिहरुमा आइरहनु दुःखद पक्ष हो ।

त्यस्ता उखानलाई अब विम्बका रुपमा प्रयोग गर्न पाइदैन र यदि प्रयोग भए कारवाहीको भागिदार बन्नुपर्छ भन्ने कुराको जानकारीका लागि नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले जोडदार आवाज उठाउँदै आएको छ । भने जनजागरण तथा सुसुचित गर्न केन्द्रले विभिन्न सङ्घ संस्थासँग सहकार्यमा सचेतनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

पत्रकार तथा सञ्चारगृहलाई मर्यादित, अनुशासित र जिम्मेवार बनाउन प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता-२०७३ जारी गरेसँगै आवश्यकताका आधारमा पुरक आचासंहिता जारी गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिको मानवअधिकार तथा आत्मसम्मानको रक्षाका लागि उक्त आचारसंहिता जारी भएको थियो ।

सो आचारसंहिताबारे जानकारीको अभाव वा विभेद गरिरहेका छौं भन्ने कुराको ख्याल नभएरै पनि समाचार, लेख रचना वा सार्वजनिक बहसकै क्रममा पनि अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानमा चोट पुर्‍याउने गतिविधी भइरहेको छ, रहरले अपाङ्गताको स्थितिमा पुगिने होइन, जन्मजात वा दुर्घटनाको कारण भइने अपाङ्गता जो, कोहीलाई जत्तिबेला पनि हुन सक्ने भएकोले अब यस्ता क्रियाकलाप बन्द हुनुपर्छ- नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिशप्रसाद अधिकारी बताउनुभयो ।

केन्द्रका अध्यक्ष तारावदन सेढाईले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।

नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा आयोजित कार्यक्रममा यस विषयमा मुलधारका नेपाली सञ्चारमाध्यममा कार्यरत प्रमुख तथा जिम्मेवार व्यक्तित्वहरुसँग अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा एपि वान टेलिभिजनका प्रधान सम्पादक टिकाराम यात्रीले अहिले हामी प्रविधीको भरपुर उपयोग गरिरहने युगमा छौँ । जानी जानी त्रुटी गर्ने अवस्था होइन, व्यक्तिगत सेन्सरसिपमै काम गर्छौं भन्नुहुँदै विभेद हुने शब्द प्रयोग गर्न नहुने कुरामा सचेत हुन आवश्यक छ भन्नुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका पूर्व अध्यक्ष डा. विरेन्द्रराज पोखरेलले गीतका शब्द, चलचित्रका शीर्षककै विभेद हुने शब्द प्रयोग भइरहेकोले त्यसप्रति सचेत हुनुपर्ने बताउनुभयो

उहाँले अपाङ्गता भएका व्यक्तिका लागि विभेद हुने शब्द प्रयोगमा केही कमि आएपनि उनीहरुका बारेमा लेख्दा दया, माया गर्नुपर्ने आषयमा लेखिन्छ, त्यो गलत हो, अवसर दिएर अन्य सरह अगाडि बढ्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।

नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेले महिला, अपाङ्गता भएका व्यक्तिलगायत जो कसैप्रति पनि विभेद हुने शब्दको आफुले विरोध गर्दै आएको बताउनुभयो ।

थाहखवर डटकमका सम्पादक तीर्थ कोइरालाले शब्द, शब्दावली समय अनुसार ठीक लाग्ने र नलाग्ने हुँदै आएको प्रसङ्ग कोट्याउँदै समयसँग हामी पनि सच्चिदै जानुपर्छ भन्नुभयो ।

विगतमा भए गरेका कुरामा दुःख मानिरहनुभन्दा अपाङ्गतामैत्री सञ्चार निर्देशक-२०७३ को कार्यान्वयन गराउन सचेनात्मक कार्यक्रम पनि आयोजना गरौंँ, र आफ्नो सञ्चारमाध्यममा रहेका सबैलाई विभेद हुने शब्दप्रति सचेत गराउने प्रतिवद्धता जनाउनुभयो ।

त्यसैगरी प्राइम टाइम टि.भी.का कार्यकारी अध्यक्ष ऋषि धमलाले पनि अपाङ्गता भएका व्यक्तिको मानव अधिकारको हनन हुने शब्द आफु पनि प्रयोग नगर्ने र आफ्ना कार्यक्रममा सहभागी बक्ताले गरे प्रत्यक्ष रुपमा माफी नै मगाउने विचार व्यक्त गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत एवं अधिवक्ता झविन्द्र भुसालले काउन्सिल सङ्ग्रहबारे जानकारी दिनुभयो ।
सो सङ्ग्रह उहाँले लेखन/सङ्कलन/सम्पादन गर्नुभएको हो ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले अपाङ्गतामैत्री सञ्चार निर्देशिका-२०७३को प्रचारका लागि सङ्घ, प्रदेश र स्थानिय तहसम्मै कार्यक्रमको आयोजना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई सम्वोधन गर्दा प्रयोग गर्नुपर्ने सहि शब्द र प्रयोग भइरहेको गलत शब्दका बारेमा ब्रोसियरको लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्