| शुक्रबार, फाल्गुन २१, २०७७

आज १२५ जनामा देखियो कोरोना सङ्क्रमण, ९० संक्रमणमुक्त

काठमाडौं, १० फागुन – पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ९० जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ६९ हजार ९६६ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५ सय २९ जना रहेका छन् ।

आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्