काठमाडौं, ७ फागुन – पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ११४ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ६९ हजार ६१९ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८३ जना रहेका छन् ।

त्यस्तै आज कोरोनाको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।