| शनिबार, बैशाख ८, २०८१

चिनियाँ रक्षामन्त्री आइतबार नेपाल आउँदै

काठमाडौँ, १३ मङ्सिर – जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणको लागि आइतबार काठमाडौँ आउनुहुने भएको छ ।

चिनियाँ रक्षामन्त्री वेइ फेङ्होले भ्रमणको क्रममा राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । रक्षामन्त्री फेङ्होले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रक्षामन्त्री वेइ फेङ्हो आइतबार साँझ नै फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्