काठमाडौं, ६ मङ्सिर – नेपालमा आज थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ६७४ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ ।