| बुधबार, कार्तिक १२, २०७७

महालक्ष्मी नगरका प्रमुख श्रेष्ठ र उहाँको धर्मपत्नीलाई दोस्रोपटक कोरोना सङ्क्रमण

ललितपुर, १० असोज – महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवै जनामा पुनः दोस्रोपटक कोरोना  भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हाल उहाँहरु ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहनुभएको छ।

त्यस्तै, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँकी धर्मपत्नी दुवै जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । असोज ६ गते उहाँहरुले स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

महर्जन दम्पति हाल होम आइसोलेसनमा रहेको र गाह्रो अवस्थामा मात्रै अस्पताल जाने निर्णय गर्नुभएको छ । प्रमुख महर्जनले भन्नुभयो, “मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्