| शनिबार, बैशाख ८, २०८१

नेपालमा हालसम्म ५० हजार ४११ जनाले कोरोनालाई जिते

काठमाडौं, ९ असोज – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार नेपालमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या ६९ हजार ३०१ पुगेको जानकारी दिनुभएको छ भने हालसम्म ५० हजार ४११ जना सङ्क्रमित निको भएका छन् ।

सरकारले बिहीबार मात्रै ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । हिजो कोरोना संक्रमणबाट निको हुनेहरुको सङ्ख्या ४५७ हुँदा एक हजार ४९७ जना कोरोना संक्मारमित थपिएका हुन् । यो सहित नेपालमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशमा सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या २५ हजार नाघेमा पुनः बन्दाबन्दी गर्न सिफारिस निर्णय गरेको यस अघि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्