| शनिबार, बैशाख ८, २०८१

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

काठमाडौं, ६ असोज –  नेपालमा आज थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५० वर्षीय एक पुरुष र काभ्रेपलाञ्चोककी ५० वर्षीय एक महिलाको  निधन भएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्