| शनिबार, अशोज १०, २०७७

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो

काठमाडौं, ३१ भदौ – नेपालमा आज थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुनसरीका ७० बर्षीय एक पुरुष, सप्तरीका ३५ बर्षीय एक पुरुष, बाराकी ४६ बर्षीय एक महिला, काभ्रेपलान्चोककी ५५ वर्षीय एक महिला र ४१ बर्षीय एक पुरुष, काठमाडौँकी ७१ र ७४ बर्षीय दुई महिला र कास्कीका ७० बर्षीय एक पुरुषको निधन भएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्