| आइतवार, अशोज ११, २०७७

भूकम्पको धक्का महसुस

काठमाडौँ, ३१ भाद्र – काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो । केहीबेरसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए ।  भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्