| आइतवार, अशोज ११, २०७७

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३७१ पुग्यो

काठमाडौं, ३० भदौ – नेपालमा आज थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सर्लाहीका ६४ वर्षीय एक पुरुष, सिराहाकी ३५ वर्षीय एक महिला, काठमाडौँकी ८६ वर्षीय एक महिला र ३४, ९६ , ६६ वर्षीय तीन पुरुष , मकवानपुर ६१  वर्षीय एक पुरुष, रुपन्देहीकी ६४ वर्षीय एक महिला, बाराकी ५५ वर्षीय एक महिला र  ५५ वर्षीय एक पुरुष, कपिलबस्तुका ५८ वर्षीय एक पुरुषको निधनभएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्