| आइतवार, अशोज ११, २०७७

सज्जा चौलागाँई नेपाल आइडलकी बिजेता बनिन्

काठमाडौं, १२ भदौ – तेस्रो नेपाल आइडलकी बिजेता सज्जा चौलागाँई भएकी छिन् ।

गायन रियालिलिटी सो ‘नेपाल आइडल-३’ को ग्रान्ड फिनालेमा आज सज्जा चौलागाँई विजेता बनेकी हुन् । फष्ट रनरअप प्रविण बेडुवाल भएका छन् भने सेकेण्ड रनरअप किरणकुमार भुजेल भएका छन् । एपी वान टेलिभिजनका अध्यक्ष रामेश्वर थापाले विजेताहरुको नाम घोषणा गरेका हुन् ।

हरेक बिहीबार र शुक्रबार एपी वान एचडीबाट प्रसारण हुँदै आएको यो कार्यक्रम नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको छ।  ‘नेपाल आइडल-३’ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार बिजेता चौलागाँईले प्राप्त गरेकी छिन् भने फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन्।

कार्यक्रमको निर्णायक टोलीमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेनु भएको छ।

प्रतिक्रिया दिनुहोस्