| आइतवार, अशोज १६, २०७९

राष्ट्रपतिको कदम विरुद्ध उत्रिनेहरु देशद्रोही हुन्, जनताले प्रतिकार गर्नुपर्छ

भक्तपुर – युथफोर्स भक्तपुरका अध्यक्ष रविन थापाले राष्ट्रपतिको कदम विरुद्ध उत्रिनेहरू देशद्रोही भएको बताएका छन् ।

राष्ट्रपति विद्या देवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी देश र जनताको पक्षमा निर्णय गरेको भन्दै अध्यक्ष  थापाले राष्ट्रपतिको  कदमविरुद्ध उत्रनेहरूलाई जनताले ठेगान लगाउने बताएका हुन् ।

दैनिक हबसँग कुरा गर्दै अध्यक्ष थापाले ‘विदेशीलाई नागरिकता बाँडेर मुलुक नै सखाप पार्न लाग्दा पनि चुप लाग्नेहरू नेपाली हुनै नसक्ने बताए । उनले राष्ट्रपतिले नागरिकता विधेयक रोकेर देशद्रोहीहरूलाई सबक सिकाएको बताए । राष्ट्रपतिले संविधानको संरक्षण गर्दै मुलुकको पक्षमा फैसला गर्दा सडकमा विरोध गर्नेहरू विदेशीका दलाल भएको बताए ।

थापाले यस्तो तत्त्वलाई ठिक पार्न जनताहरू स्वतःस्फूर्त रूपले प्रतिकारमा उत्रनु पर्ने बताएका छन् । उनले भने ‘देशको माया हुने सच्चा नेपाली चुप लागेर बस्दैन, दलालहरूलाई ठेगान लगाउन अब स्वतःस्फूर्त रूपमा उत्रने बेला आयो ।’

 

 

प्रतिक्रिया दिनुहोस्