| आइतवार, अशोज १६, २०७९

राष्ट्रपतिले नेपाली जनताको भावनालाई बुझेर सम्बोधन गर्नु भयो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले राष्ट्रपति विद्या देवी भण्डारीले आम नेपाली जनताको भावनालाई बुझेर नागरिकता विधेयक प्रमाणीकरण नगर्नु भएको बताउनुभएको छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले राष्ट्रपति भण्डारीको समर्थनमा काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई  सम्बोधन गर्दै नेता बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा लालमोहर नलगाइदिए हुन्थ्यो, बैधानिकता नदिए हुन्थ्यो भन्ने आम नेपाली जनताको भावनालाई बुझेर सम्बोधन गर्नुभएको बताउनुभएको हो । राष्ट्रघाती नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेर निस्तेज पारेको नेता बस्नेतले बताउनुभयो ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर राम्रो काम गरेको भन्दै राष्ट्रपतिलाई सम्मान गर्न र अभिनन्दन गर्न राष्ट्रपतिको तस्वीर बोकेर राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको भन्दै युवा संघले बानेश्वर देखी माइतीघरसम्मको सडकखण्डमा राष्ट्रपतिको कदमलाई समर्थन गर्दै प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभाको कार्यकाल असोज १ गते समाप्त भइसकेको अवस्थामा विधेयकहरू निष्क्रिय हुने र प्रमाणीकरण गर्न मिल्दैन तर सत्तारुढ गठबन्धन दलहरुले राष्ट्रपतिबाट संविधानको उल्लंघन भएको भन्दै आलोचना गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्