| सोमवार, अशोज ११, २०७८

प्रचण्डले दिए एमाले नफुट्ने संकेत

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समूह सरकारमा नआउने विश्लेषण सुनाएका छन् । अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही दिन अझै लाग्ने दाहालले बताए ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टी एकतामा जाने देखिएको भन्दै एमाले विभाजन अशसंभव जस्तै बन्दै गएको बताए ।

एमाले मिल्न लागेको बताएका प्रचण्डले यसअघि पार्टीकै बैठकमा माधव नेपाल समूहले मन्त्रीको नाम दिने र आइतबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । एमाले विभाजन गर्न नसकिए सरकारमाथि कुनैपनि बेला संकट आउनसक्ने भन्दै दाहालले थप योजनाका लागि आफुले छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा र जसपाका अध्यक्ष उपेन्द्रसँग सल्लाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्