| आइतवार, बैशाख ५, २०७८

प्रचण्डले गर्न नसकेका काम ओलीले पुरा गरे

काठमाडौँ, २१ फागुन — सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सँग हिजो बिहीबार तीनबुँदे सहमति गरेको छ ।

सरकारी वार्ता टोलीको तर्फबाट संयोजकको रुपमा गृहमन्त्री रामबहादुर थापा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच हिजो तीनबुँदे सहमति भएको थियो। आज शुक्रबार दिउँसो २ बजे विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने तयारी चलिरहेको छ ।

हिजो भएको तीनबुँदे सहमति अनुसार ‘विप्लव’ नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादको माध्यमबाट गर्ने, सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने, नेपाल सरकारले ‘विप्लव’ माथी लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीहरुलाई रिहाइ गर्ने, सार्वजनिक कार्यक्रम मार्फत सहमतिको विस्तृत विवरणलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने र सम्पूर्ण मुद्दाहरु खारेजी गर्ने लगायतको सहमति भएको थियो।

सरकारले २०७५ फागुन २८ मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओबादी) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रधानमन्त्री हुनुभएका केपी शर्मा ओली  नेतृत्वको सरकारले २० महिनाअगाडि ‘विप्लव’ सहितका सशस्त्र समूहसँग वार्ता समिति बनाएर छलफल गर्ने निर्णय गरे पनि ‘विप्लव’ समूह वार्तामा आउन नमानेपछि सरकारी वार्ता टोली नै भंग भइसकेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रचण्ड,माधव, झलनाथ लगायतका नेताहरु छुट्टै समुह बनाएर सरकार छोडेपछि प्रधानमन्त्री ओलीले पुनः ‘विप्लव’ समूहलाई वार्तामा बोलाउन र सहमति गर्न गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को नेतृत्वमा सरकारी वार्ता टोली गठन गरि ३ दिन भित्र सहमति निकाल्न सफल भएको छ . विगतमा पनि ‘विप्लव’ समूह सँग वार्ता गर्नसरकार तयार हुँदापनि प्रचण्ड-माधव लगायतका नेताहरुकै कारण २० महिना देखि ‘विप्लव’ वार्तामा बस्न अनिक्छुक देखिएका थिए ।

ओली सरकारले देशलाई नै बिखण्डन गर्ने बाटोमा हिँडेका सिके राउत र द्वन्द गर्दै हिड्ने ‘विप्लव’ समूहलाई शान्तिपूर्ण राजनीतिक गतिविधिमा ल्याउन ओली सरकारको भूमिकालाई धेरैले प्रशंसनीय काम गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्