| आइतवार, बैशाख ५, २०७८

सरकारको उपलब्धि : दुई वर्षमा २६ वटा हिंसात्मक समुहसँग शान्ति सम्झौता

काठमाडौँ, २१ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेका बिखण्डनकारी देखि विभिन्न सशस्त्र समूहलाई देशको शान्तिपूर्ण राजनीतिमा ल्याउन सफल हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले नेतृत्व गर्नु भएको सरकारले  २०७५ भदौ ८ गते राजनीतिक वार्ता टोली बनाएर हिंसाको बाटोमा हिडेका विभिन्न समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन पहलको सुरुवात भएको थियो । सरकारले २८ वटा समुह मध्ये २६ वटा समूहसँग वार्ता गरी सम्झौता गरिसकेको छ ।

अहिले देशमा हिंसात्मक गतिविधि शून्यमा झरेको अवस्थामा छ। केही वर्ष अघि देश भित्र ४४ वटा सशस्त्र समूहहरु रहेका थिए भने अब एउटा मात्रै समूह (गोइत समूह) अस्तित्वमा रहेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार देशका सबै सशस्त्र समूहहरु सकिन लागेको बताउनुभएको छ  ।

विखण्डनकारी एजेन्डा बोकेर हिडेका सीके राउतका दाजु जयकान्त राउत जसले सम्पर्कसूत्रको काम गरेका थिए । सरकारले उनै जयकान्त राउतसँग निरन्तर वार्ता गरेर सीके राउतलाई बिखण्डनको मुद्दा छोड्न लगाएर मूलधारको राजनीतिमा ल्याउन सफल भएको थियो ।

सरकारले हिजो मात्रै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सम्झौता गरेर हिंसात्मक राजनीति छोड्न लगाएर मुलधारको राजनीतिमा ल्याउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्