| आइतवार, बैशाख ५, २०७८

नेकपा जोगाउन भदौ २६ को निर्णयमा फर्किनुस : गृहमन्त्री थापा

काठमाडौं, १७ फागुन – गृहमन्त्री एवं नेकपाका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टी एकता जोगाउन भदौ २६ को निर्णयमा फर्किन प्रचण्ड-माधवलाई आग्रह गर्नुभएको छ ।

पोखरामा आयोजित भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले अविश्वासको प्रस्ताव फिर्ता लिई सच्चिएर आउन प्रचण्ड-माधवलाई अवसर समेत आएको बताउनुभएको छ । उहाँले अविश्वास प्रस्ताव फिर्ता गरेर पार्टी एकता गर्ने अवसर अझै रहेको बताउनुभएको छ । पार्टी एकताका निम्ति  आत्म आलोचनसहित भदौ २६ को निर्णयमा फर्केर एकतागर्न आग्रह गर्नुभएको छ ।

भदौ २६ मा नेकपाले प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षको अधिकार र केपी शर्मा ओलीलाई सरकारको काममा केन्द्रित हुन निर्णय गरेको थियो ।

 गृहमन्त्री थापाले आफुहरु एकताको पक्षमा भए पनि प्रचण्ड-माधव समूह फुट, गुट, अस्थिरता र अन्तरघातको पक्षमा उभिएको बताउनुभएको छ  । उहाँले ‘कर्फर्टेबल सरकार’ को कुरा गरेर राष्ट्रिय स्वाधीनाता माथि अतिक्रमण गर्न कोसिस गरेको बताउनुभयो । अदालतको फैसला मानेपनि उक्त निर्णयले देशलाइ अस्थिरताका तर्फ धकेलेको बताउनुभयो ।

मन्त्री थापाले अब सडकको मोर्चाबाट सदनको मोर्चामा संघर्ष शुरू भएको बताउँदै अब यो संघर्ष पनि जित्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्