| शनिबार, बैशाख ८, २०८१

मेरो टाउको चिलायो, लाठी खाएर फुटाउन मन छ : प्रचण्ड

काठमाडौं, ४ माघ – विभाजित नेकपाका अध्यक्ष प्रचण्डले यसपटक लाठी खाएर टाउको फुटाउन मन भएको बताएका छन् ।

प्रचण्ड-माधव निकट अनेरास्ववियूको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यसपटक आफ्नो टाउको किन किन चिलाएको भन्दै लठ्ठी खान मन भएको बताएका छन् ।

प्रज्ञा भवनमा सम्बोधन गर्दै उनले भने– मलाई यसपटक किन किन टाउको चिलाएको छ, उहिले गिरिजाबाबु जस्तै आन्दोलनको अगाडि जान्छु । यसपटक लाठी खान मन छ,उनले भने ।

उनले विद्यार्थीलाई आक्रामक र आवेगमा आउन निर्देशन दिँदै भेजिटेरियन (शाकाहारी) खालको आन्दोलनले काम नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्