| सोमवार, माघ ५, २०७७

अध्यक्ष प्रचण्डको स्पष्टोक्ति : प्रधानमन्त्री माथि लगाइएको आरोप गलत

काठमाडौँ, ९ मङ्सिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र न्यायपालिकाको गरिमामाथि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

‘प्रचण्ड’को सचिवालयले आज एक प्रेस नोट प्रकाशित गरी गत कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा प्रस्तुत गरिएको विषयमा प्रधानन्यायाधीश सँग सम्बन्धित नभएको उल्लेख गरेको छ ।

प्रेस नोटमा भनिएको छ, “न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ ।”

प्रतिक्रिया दिनुहोस्