| शनिबार, अशोज १०, २०७७

परराष्ट्रमन्त्री ज्ञवाली सरकारको प्रवक्तामा नियुक्त

काठमाडौँ, २९ भाद्र – सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नियुक्त हुनुभएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि अर्थमन्त्री डा. युवराज खतिवडा सरकारका प्रवक्ता हुनुहुन्थ्यो । उहाँको राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएर राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्