| शनिबार, अशोज १०, २०७७

सरकारले लामो दुरीको यातायात तथा आन्तरिक हवाई उडान खोल्ने

काठमाडौं, २९ भाद्र – सरकारले लामो दुरीको यातायात तथा आन्तरिक हवाई उडान असोज ५ बाट खुला गर्ने निर्णय गरेको छ।

आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले असोज ५ गतेबाट लामो दुरीको यातायात तथा आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको हो। यातयात व्यवसायीहरुले आफुहरु ऋणमा डुबेको तथा गाडी पनि बिग्रिन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

व्यवसायीहरुको समस्या र मार्का बुझ्दै सरकारले लामो दुरीको यातयात खोल्ने निर्णयमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस्